बागमती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना बारे सचेतना
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका १३ वटै जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसका बारेमा सचेत पारिएको छ । यो रोगको संक्रमण प्रदेशमा फैलन नदिनका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको छ ।
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाले आफ्ना मातहतका सवैजसो स्वास्थ्य संस्थामा सचेतना जगाउँदै नोबेल कोरोना भाइरसका विरामी आइहालेमा तत्काल उपचारको व्यावस्था मिलाउनका लागि तयारी समेत गरिएको छ, जनपत्रले लेखेको छ ।
बागमती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुरेदीक केन्द्रलाई यसका बारेमा जानकारी गराउदै सचेत रहेर आउने संकास्पद विरामीलाई उपचारको व्यावस्था मिलाउन पनि निर्देशन गरिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अहिले सामाजिक विकास मन्त्रालय अन्तरगत हुने जुनसुकै कार्यक्रममा पनि कोरोना भाइरसका बारेमा जानकारी गराइएको छ । विद्यालय नर्स कार्यक्रम मार्फत पनि सबैजसो विद्यालयमा जानकारी गराइएको छ । रसुवा अस्पतालबाट केरुङ नाकामा डाक्टर खटाइएको अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी तातोपानी नाकामा पनि यसका संकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यावस्था मिलाइएको छ । यसैगरी दुईवटा एमुलेन्स तयारी हालतमा राखिएको छ ।
प्रदेश मातहतका निजी तथा सरकारी अस्पताल कोरोना भाइरसका विरामीको उपचार गर्न आइसोलेसन वेड राख्न पनि निर्देशनालयले निर्देशन दिएको छ । वजारमा मास्क र यससंग सम्वन्धीत सुरक्षाका सामाग्रीहरुको कालो वजारी गरेमा कार्बाही गर्न पनि निर्देशन दिइएको छ ।