रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

छहारी संवाददाता
फाल्गुन २०, २०७६

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा सोमबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले सहजीकरण गर्दै ट्राफिक नियममा भएको परिवर्तनको बारेमा जानकारी गराएका थिए । उनले पैदल यात्रुले विगतमा प्रयोग गर्ने देब्रेपट्टिको पेटी परिवर्तन गरेर नयाँ नियम अनुसार पैदल यात्रुले आफु हिडे्ने दिशाको दाहिने पेटी प्रयोग गर्नुेपर्ने बताए ।

यस्तै सवारी चालकले ओभरटेक गर्ने समयमा दाहीन तर्फको बत्ति बालेर ओभरटेक गर्ने र साइड दिने सबारीको चालकले देब्रेपट्टिको बत्ति बालेर साइड दिएको संकेत गनुपर्ने जानकारी गराए । 

कार्यक्रममा प्रहरी निरिक्षक ढकालले दैनिकजसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने पनि बताए । उनले प्रत्येक नागरीक आफै पनि बर्दी बिनाको प्रहरी भएको बताउँदै कुनै दुर्घटना वा भवितव्य भएमा प्रहरीलाई समयमै खबर गर्न आग्रह समेत गरे ।

उनले विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउँने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग कर्तालाई सुरक्षित रहन मद्दत पु¥याउँने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले जान्दा जान्दै पनि कति समयमा दुर्घना निम्तिने गरेको बताउँदै यस्ता सचेतना कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।

विद्यालयका कक्षा ८ र ९ का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो । कार्यत्रममा प्रहरी निरिक्षक ढकाल सहित प्रहरी साहायक निरिक्षक विश्वराम रञ्जितकारको समेत उपस्थिति रहेको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*