पत्रकार महिलाले पनि अब्बल पत्रकारिता गर्न सक्छन् भन्ने देखाउनुस्ः मन्त्री दुलाल

छहारी संवाददाता
फाल्गुन २०, २०७६

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पत्रकार महिलालले पनि अब्बल पत्रकारिता गर्न सक्छन् भन्ने देखाइदिन आग्रह गर्नु भएको छ ।

आज बाट हेटौडामा सुरु भएको बागमती प्रदेशका महिला पत्रकारहरुको लागि क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । जस्तो सुकै चुनौतीको सामना गर्न तत्पर भए मात्रै सफल पत्रकार हुने भन्दै उहाँले निडर पत्रकारिता गर्न सुझाव दिनुभयो ।

पत्रकारितामा निरन्तर लाग्ने महिलाको लागि प्रदेश सरकारले नयाँ निति तर्जुमा गर्दै गएको भन्दै उहाँले पत्रकारिता बाटै बाच्न सक्ने वातावरण बनाउनु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभयो । आफ्नो संचारमाध्यमको फाइदाका लागि कतिपय अवस्थामा पत्रकारले समाचारको मर्म बङ्ग्याउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– 'तपाइले लेखेको समाचारले तत्काल लाइक र भिर्वस् त बढाउला तर यसले दिर्घकालिन असर भने पक्कै गर्छ । तपाइको समाचारको विश्वसनियता माथी प्रश्न उठ्ने दिन आउँछ त्यसैले समाचार जहिले पनि निश्पक्ष, तथ्यपर हुनु पर्दछ ।'

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले आफ्नो क्षमता अभिबृद्धि गरे पत्रकारिता गरेर बाच्न सकिने बताउनुभयो । त्यसको लागि लगनशिल र पेशा प्रति जिम्मेवार बन्नु जरुरी रहेको उहाँको भनाई छ । 

२३ गते सम्म संचालन हुने तालिममा प्रदेश भरीका करीब ५५  जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा सांसद जुनेली श्रेष्ठ, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झाना कार्की, महासचिव कृष्ण सारुमगर, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*