स्व.प्रित कुमार मोक्तानको स्मरणमा प्रतिष्ठान गठन
२०६० साल बैशाख ६ गते नेपाली सेनाबाट मारिएका स्व।प्रित कुमार मोक्तानको स्मरणमा प्रतिष्ठान गठन गरिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा गठन भएको प्रतिष्ठानमा ९ सदस्यीय समिति चयन गरिएको छ । आइतबार प्रदेश सभा सदस्य ओम घलानको प्रमुख आतिथ्यतामा स्व। मोक्तानमा निवास मै कार्यक्रम गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–२ का वडाध्यक्ष ललित घलानको संयोजकत्वमा आज समिति गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी सांसद घलानले प्रतिष्ठानलार्य बढाउँदै शिक्षा, खेलकुद तथा युवा जगतलाई लक्षित गरि प्रतिष्ठानले विभिन्न कामहरु गर्ने बताउनुभयो ।
स्व।मोक्तानको बुबा कृष्ण बहादुर मोक्तानको पनि उपस्थिती रहेको कार्यक्रमको हेनिश मोक्तानले सहजिकरण गर्नु भएको थियो ।