एसीसी पूर्व क्षेत्रिय पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार 

छहारी संवाददाता
फाल्गुन १९, २०७६

नेपालले एसीसी पूर्व क्षेत्रिय पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।

थाइल्याण्डको बैंककमा आज भएको खेलमा हङकङसँग ४३  रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउनुभयो । पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन्  । कुशल १९ रनमा आउट हुनुहभयो । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाउनुभयो ।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिंदा अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिनुभयो नेपालका सन्दीप लामिछाने र सुशान भारीले २÷२  तथा कुशल मल्लले १ विकेट लिनुभयो ।

यो हारसँगै शीर्ष दुईमा रहँदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ । नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*