हेटौंडामा महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला आयोजना हुँदै

छहारी संवाददाता
फाल्गुन १९, २०७६

बागमती प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला आयोजना हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुन लागेको हो । भ्रमण वर्ष २०२० लाई लक्षित गरि आगामी चैतको १६ गते देखि २२ गतेसम्म पल्पसा सभाहलमा मेला गरिने आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

मेलामा महिला उद्यमीका विभिन्न किसिमका स्टल रहने, विभिन्न प्रकारका खानेकुरा, महिला सम्बन्धी निशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नृत्यसहितको स्टल रहने बताइएको छ ।

मेलामा प्रवेश निशुल्क रहको महिला उद्यमी विकास समितिकी सभापति निलम वैद्यले जानकारी दिनुभयो । मेलामा ५५ वटा स्टल निर्माण हुने र ति मध्ये १० वटा अशक्त तथा ग्रामिण क्षेत्रका महिलाहरुको उत्पादन राख्न निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महिला उद्यमीलाई प्रोत्शाहन गर्न, महिलाहरुको सीप र कलालाई उद्यमशीलमा ढाल्दै व्यवसायीक बनाउन र भ्रमण वर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको मेला आयोजना गर्न लागिएको प्रचार प्रसार समिति संयोजक लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

मेलामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको छ भने ५० लाखको कारोबार हुने आयोजकको अपेक्षा छ । आयोजकले कृषि उत्पादन र हस्तकलाको लागि तिन हजार, शैक्षिक, बैकिङ क्षेत्रलाई चार हजार, उद्योगको उत्पादकलाई ५ हजार र होटलको लागि सात हजार स्टक शुल्क लाग्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुल प्रसाद चौलागाई लगायत महिला उद्यमी विकास समितिका पदाधिकारीहरुको उपस्थितीे रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*