अन्तराष्ट्रिय महिला दिवसमा जिसस मकवानपुरले सप्ताह व्यापी कार्यक्रम गर्ने
११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिती मकवानपुरले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ ।
जिसस मकवानपुरले आज पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जानकारी दिएको हो । सप्ताह व्यापी कार्यक्रम अन्तरगत भोली सोमबार हेटौडामा महिला जनप्रतिनिधिको भेला हुने भएको छ ।
यस्तै २० गते मानव अधिकार संजालको आयोजनामा हेटौडा अस्पतालमा सुत्केरी भएका महिलाहरुलाइ विभिन्न सामग्री बितरण, २१ गते बुद्ध चोकमा नेपाल महिला संघको आयोजनामा रक्तदान २२ गते आँचल सहित्य पुञ्जको आयोजनामा नारी कविता वाचन कार्यक्रम गरीने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
यस्तै २३ गते जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम, २४ गते हेटौडा उपमहानरपालीकाको आयोजनामा उपमहानरपालीकाको स्वर्ण दिवस, २५ गते हेटौडामा नेपाल नर्सिङ संघको आयोजनामा पाठेघर क्यान्सर जाँच हुने प्रमुख खुलालले बताउनु भयो ।
यस्तै २५ गते दश ओटै स्थानिय तहमा छलफल एवम् प्रभातफेरीका साथै बागमती प्रदेश सरकारले उत्कृष्ट महिला सहकारीलाइ पुरस्कृत गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महिलाहरुको सशक्तिकरणका लागी यस्ता कार्यक्रम आयोजना गरीएको जिल्ला समन्वय समिति मकवानपुरकी उप प्रमुख भगवती पुडासैनिले बताउनु भयो ।