बृहत रक्तदान कार्यक्रम सम्पन्न 

छहारी संवाददाता
फाल्गुन १८, २०७६

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर महिला विभागको आयोजनामा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

११० औं अन्तराष्ट्रिय  नारी दिवसको अवसर पारेर हेटौंडाको भुटनदेवी  माविमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला महिला उपाध्यक्ष एवम् महिला विभाग संयोजक लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।

संगठन सवलीकरणको ५ महिने अभियानको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । जिल्लामा रगतको अभावलाई कम हुन नदिन शिक्षक संगठनले रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

कार्यक्रममा १९ जनाले रक्तदान गरेको बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य पद्मा पैडेल जिल्ला अध्यक्ष श्रीराम दाहाल, सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बलको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी शिक्षक साकोसका अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सल्लाहकार पिताम्वर बास्तोला, सदस्य भगवती पुडासेैनी, समेतको उपस्थिति रहेको कार्यक्रम सहसचिव प्रतिमा गौतमले सञ्चालन गर्नुभएको हो । कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष श्रीराम दाहालले आउदो चैत्र २९ गते १७ औं जिल्ला परिषद् हुने जानकारी समेत दिनुभयो ।

यसैगरी चैत्र ७ र ८ गते मकवानपुर गढी गाउँपालिकाले जिल्ला महिला विभागको आयोजनामा शिक्षकहरुको क्षमता विकासका लागिआईसिटि तालिमको आयोजना गर्ने प्रचार प्रमुख गौतमले जानकारी दिनुभयो । ८ गते संगठन गढी गाउँपालिकाको दोस्रो अधिवेशन समेत हुने बताईएको छ ।

यसैगरि जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति संगठनले २०७७ सालको वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

संगठन सवलीकरणको अभियान अन्तर्गत १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने कार्यमा संगठन कटिबद्ध रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*