हेटौंडा १८ हर्नामाडीमा अपाङ्गता परिचयपत्र वितरण
हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा आज अपाङ्गता परिचयपत्र वितरण तथा घुम्ती शिविर संचालन भएको छ ।
अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको सहयोगमा कार्यक्रम भएको हो । अपाङ्गता भएका व्यक्तिको लागि समुदायमा आधारित पूर्नस्थापना कार्यक्रम अगतरगत कार्यक्रम गरिएको हो ।
स्थानीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा अपाङ्ता पचियपत्र वितरण कार्यक्रम भएको छ ।
कार्यक्रममा ३० जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले बताउनुभयो । ३० जना मध्य क वर्गका ५ जना, ख वर्गका १८ जना, ग वर्गका ५ जना र घ वर्गका २ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल कुमार वानियाँ लगायतकाको आतिथ्यता रहेको थियो । शिबीर सम्म आउन नसक्नेहरुलाई घरघरमा गएर समेत परिचय पत्र वितरण गरिएको छ । आजकै कार्यक्रमबाट हिक्मत रोक्काको संयोजकत्वमा ७ सदस्य वडा समन्वय समिति गठन गरिएको छ ।