कोरोनाबाट बच्न जापानमा विद्यालय बन्द
कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै, बीटीएस’ कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ ।
कोरोना संक्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै अफ्रिकी क्षेत्रमा पनि कोरोना संक्रमित व्यक्तिहरु देखिएका छन् । जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झन्डै एक करोड ३० लाख बालबालिका घरमै बस्नुपर्नेछ ।
जापानमा आयोजना हुनेगरी पूर्वतयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् । गत डिसेम्बरबाट चीनको वुहान हुँदै फैलिएको ‘कोभिड–१९’ नामको नयाँ कोरोना जीवाणु (भाइरस) एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ ।