जिउँदो सालक अवैध ओसारपसार गर्ने मकवानपुरका अनिश सहित दुई जना पक्राउ(तस्विरहरु)

छहारी संवाददाता
फाल्गुन १६, २०७६

जिउँदो सालक अवैध ओसारपसार गर्ने मकवानपुरका अनिश तामाङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रिवितरण्तमा संलग्न रहेका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुले नियन्त्रणमा लिएको हो ।

विषेश सूचनाका आधारमा काठमाडौं ११ सिभिल मल अगाडीबाट जिउँदो सालकसहित मकवानपुर कैलाश गाउँपालिका ५ पालङ्ग घर भई हाल ललितपुर पाटन ढोका बस्ने १९ वर्षका अनिश तामाङ र सिन्धुपाल्चोक मेलम्ची ६ तारमाराङ घर भइ हाल ललितपुर चापागाउँ बस्ने ३३ वर्षका टिके तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनिहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको सिंहले बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*