प्रदेशस्तरीय वक्तृत्वकला सम्पन्न
बागमती प्रदेशको राजधानी हेटौंडामा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका” विषयक प्रदेशस्तरीय वक्तृत्वकला सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न वक्तृत्वकला प्रतियोगितामा दोलखाकी सुनिता अधिकारी प्रथम, मकवानपुरकी समृद्धी देव द्धितिय र चितवनकी लक्ष्मी ढकाल तृतीय भएकी छिन् ।
प्रतियोगितामा बागमती प्रदेशका धादिङ, काठमाडौं र भक्तपुर गरि ३ जिल्ला बाहेक १० जिल्लाका सहभागीहरुको सहभागिता रहेको थियो ।
आज भएको प्रतियोगितामा सहभागीहरु भएका प्रत्येक जिल्ला स्तरमा भएको वक्तृत्वकलामा विजयी भएर प्रदेशका लागि छानिएका थिए भने प्रदेश स्तरमा विजयी भएकाहरुलाई चैत ५ गते हुने केन्द्रीय स्तरको वक्तृत्वकलाका लागि सिफासिर भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः २०, १५ र १० हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
युवा तथा खेलकूद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजना तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको सहकार्य प्रतियोगिता सम्पन्न भएको हो । आज नै सातवटै प्रदेशमा वक्तृत्वकला सम्पन्न भएको छ ।