तेस्रो बागमती गोल्डकपको उपाधिका लागि केहिबेरमा हिमालयन र जावलाखेल भिड्दै
तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल केहिबेरमा सुरु हुँदैछ । उपाधिको लागि हिमालयन शेर्पा र जावलाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा काठमाडौं फाईनल प्रवेश गरेको हो ।
गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।
प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने गरि वयवस्था मिलाइएको छ ।
पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।