नेपाल राष्ट्रिय शिक्षक संगठनकाे विस्तारित बैठक सम्पन्न

छहारी संवाददाता
फाल्गुन ११, २०७६

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे १४ अाै विस्तारित बैठक अाज भूटनदेवी माविकाे सभाहलमा सम्पन्न भएकाे छ ।

बैठकमा संगठन सवलीकरणकाे ५ महिने अभियानमा संगठनले गरेका कार्य समीक्षा एवम् जिल्लाभरकै पालिकाहरुमा भएका कार्यहरुकाे रिपाेर्टिङ गरिएकाे प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे ।

विस्तारित बैठकले अाउदाे चैत्र २९ गते १७ अाै जिल्ला परिषद् काे घाेषणा समेत गरेकाे छ । यसैगरि जिलाभर शैक्षिक एकरुपता ल्याउनका निम्ति संगठनले २०७७ सालकाे वार्षिक एवम् शैक्षिक क्यालेण्डर चैत्र मसान्त सम्म प्रकाशन गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकले १० वटै स्थानीय पालिका मध्ये बाँकी रहेका स्थानीय निकायमा शिक्षक महासंघ पूर्णता दिन पहल गर्ने निर्णय गरिएकाे छ भने पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि संगठनमा अावद्ध महिला शिक्षकहरुकाे अान्तरिक भ्रमण गराउने निर्णय समेत गरिएकाे छ ।

कार्यक्रममा उपाध्यक्ष द्वय लक्ष्मी गजुरेल, किशाेर वर्ताैला, सचिव पुरुषाेत्तम अाचार्य, काेषाध्यक्ष जय प्रसाद पाेखरेल, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारीहरु, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, नगर अध्यक्ष मुकुन्द न्याैपाने, नगर महासंघ अध्यक्ष दीपक अधिकारी, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सल्लाहकार पिताम्वर वास्ताेला लगायतकाे उपस्थिति रहेकाे प्रचार विभाग प्रमुख गाैतमले बताउनुभयाे ।

जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य पद्मा पाैडेलकाे प्रमुख अातिथ्यता रहेकाे थियाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*