अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य शिविर हुँदै
मकवानपुरमा शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
यही फागुन २२ गते हेटौडा अस्पतालमा १८ वर्षसम्मका शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि एक दिने स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।
शिविरमा जन्मदेखि पैताला फर्केका, टिभी रोग लागि जोर्नी बिग्रिएका, लामो समयसम्म हड्डी पाकेको वा सुन्निएको, जन्मदेखि वा पछि हिड्ड्ल गर्न नसक्ने, आगोले पोलेर जोर्नी बिग्रिएका, कृतिम अंगको आवस्यकता भएका, ओठ तालु फाटेको समस्या भएका बालबालिकाहरुको उपचार हुने महिला तथा बालबालिका महासाखा हेटौंडा उपमाहानगरपालिकाले जनाएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश, अपाङ्ग सरोकार केन्द्र मकवानपुर, आशा विषेश पाठशाला तथा पुर्नस्थापना केन्द्रको समन्वयमा हुने उक्त शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हुने महाशाखाले जनाएको छ ।
हेटौडा उपमहानगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पर्नस्थापना केन्द्र बनेपाको संयुक्त आयोजनामा शिविर संचालन हुन लागेको हो ।