तेस्रो बागमती गोल्डकपः च्यासललाई हराउँदै हिमालयन शेर्पा फाईनलमा प्रवेश
हिमालयन शेर्पा काठमाण्डौँ मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
आज शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा काठमाडौं फाईनल प्रवेश गरेको हो । खेलको ७ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई १ गोल को अग्रता दिलाए ।
च्यासलका टिमले राम्रो अवसर पाएता पनि गोल भने गर्न सकेन् । खेलको ४७ औं मिनेटमा च्यासलका विदेशि खेलाडी कनिज अजेगोके भुजारीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
प्रतिस्प्रिर्धात्मक खेलको ७४ औँ मिनेटमा हिमालयका सुरज हमालले दिएको पासमा पुन हिमालयनका श्रेष्ठले गोल थप गर्दै हिमालयन २ः१ ले गोल अन्तरले विजयी भएको हो ।
खेलमा हिमालयनका विजय क्षेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । यस्तै दोस्रो सेमिफाईनल खेल भोलि संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लब बिच हुने आयोजकले जनाएको छ ।
गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।
प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।
पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो। बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ