प्रेस युनियनको आगामी चैत्रमा हुने महाधिवेशनको तयारी तिब्र
नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ । यूनियनको महाधिवेशन आगामी चैत्र २१ र २२ गते नेपालगञ्जमा हुँदैछ ।
युनियनका उपमहासचिव तथा महाधिवेशन व्यवस्थापन स्थानिय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा आज बसेको बैठकले महाधिवेशन सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णहरु गरेको छ ।
बैठकले यसअघि महाधिवेशनका लागि गठित उप समितिलाई पूर्णता दिँदै आफ्नो योजना, कार्यक्रम तथा बजेट सहित पाँच दिन भित्र प्रस्ताव सचिवालयमा पेश गर्ने निर्ण गरेको छ ।
यस्तै महाधिवेशन भव्यतापूर्वक सफल पार्न यूनियनका सम्पूर्ण साखालाई यथासक्य आवश्यक सहयोगका लागि आश्वान गर्नेृ निर्ण गरेको छ । बैठकमा बाल्दै संयोजक केसीले महाधिवेशनका लागि विभिन्न क्षेत्र, निकाय तथा सरोकारवालासंग छलफल तथा भेटघात जारी राखिएको जानकार दिनुभयो ।
बैठक उपस्थित उपसमिति संयोजक एवं महाधिवेशन व्यवस्थापन स्थानिय समितिका सदस्यहरुले महाधिवेशनलाई सभ्य र भव्य बनाउन कुनै कसर बाँकी नराख्ने र आफुले पाएको जिम्ेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।