हिमालय शेर्पा तेस्रो बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश
हिमालय शेर्पा क्लव तेस्रो बागमती गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमालय शेर्पाले जनता मावि प्राविधिक शिक्षालयको मैदानमा आज भएको खेलमा सरस्वती युवा काठमाण्डौलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । हिमालय शेर्पाको भेट आयोजक र च्यासलबिचको बिजेतासंग हुनेछ ।
हिमालय शेर्पाको जितमा सुरज हमालले २ गोल गर्दै खेलको नायक बनेका छन् । खेलको १० मिनेटमै हमालले १ गोल गरेका थिए भने ३७ मिनेटमा अर्को गोल गरेका हुन् । खेलको ४९ मिनेटमा हिमालयका जर्सी नम्बर १४ का कमल थापा मगरले १ गोल गर्दै आग्रता दिलाए ।
सरस्वती युवा क्लवका जर्सी नम्बर १० का तिर्थ वस्नतेले प्रहार गरेको आकर्षक बल हिमालय शेर्पा क्लवकोे गोलपोष्ट नजिकबाट बाहिरिएको थियो । हिमालयका जर्सी नम्बर २३ का मान बहादुर तामाङले पाएको डिबक्स भित्रको बल पोष्टमाथिबाट बाहिरो ।
खेलमा सरस्वती युवा क्लवका जर्सी नम्बर २१ बिनोद केसीले केही राम्रा मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । सरस्वती युथ क्लवले हिमालय शेर्पालाई केही दबाब राखेपनि एक गोल पनि गर्न सकेन । खेलको ७१ मिनेटमा बिशन गुरुङले अर्को गोल गर्दै हिमालय शेर्पा युथ क्लव विजयी भयो ।
खेलमा हिमालय बिशन गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत् भोलि बिहिबार बिरगंज युनाइटेड र संकटा युवा क्लव काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख रुपैया“ प्रँप्त गर्नेछन् ।