बागमती गोल्डकप: आयोजक्लाइ ८ गोलले हराउदै च्यासल युथ क्लब विजयी

छहारी संवाददाता
फाल्गुन ६, २०७६

पुर्वी मकवानपुरको बागमती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेश्रो बागमती गोल्डकपको जारी पहिलो क्वाटर फाईनलको पहिलो हाफमा ए डिभिजनको च्यासल यूथ क्लबले आयोजक बागमती गाउँपालिकालाई ८ गोल गर्दै विजयी भएको छ ।  

पहिलो हाफको ५ औँ मिनेटमा विदेशी खेलाडी कनिज अजेगोके भुजारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिए । १० औँ मिनेटमा पनि भुजारीलेनै दोश्रो गोल गरे । खेलको २८ औँ मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई ३ गोलको अवस्थामा पुर्याए ।

 खेलको ३९ औँ मिनेटमा पुन बलले नै गोल गर्दै टिमलाई ४ ः० को अग्रता दिलाए । खेलको ४३ औँ मिनेटमा च्यासलका नितेन थापाले गोल गर्दै पहिलो हाफमा ५ः० को अग्रता दिलाउन सफल भए ।

खेलको दोस्रो हाफको शुरुको ५८ औँ मिनेटमा च्यासलका तर्फबाट कनिज अजेगोके भुजारीले १ गोल र खेलको ८१ औँ मिनेटमा च्यासलकै पुर्ण बहादुर गुरुङले एक गोल गर्दैैैै अगाडि बढाएका हुन्।  भने त्यस्तै जर्सी १० का सुनिल बलले खेलको ८८ मिनेटमा १ गोल थप गर्दै ८ ः ० गोल अन्तरले च्यासल जिजयी भएकको हो ।

भएको खेलकोे म्यान अफ द म्याच भने च्यासलका सुनिल बल हुनु भएको छ  । उहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ ।

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउ“पालिकामा आयोजित प्रतियोगितामा मंगलबारको खेल न्यू डाँफे युवा क्लव मकवानपुर र जावला खेल युथ क्लवबिच दिउँसो २ बजे हुनेछ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् ।

 उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*