निर्भया काण्डका चार दाेषिलाई मार्च ३ मा मृत्युदण्ड दिईदै
सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरि हत्या गरेका थिए । त्यसकाे अाठ बर्ष पछि निर्भयाले न्याय पाउने भएकि छन् ।
‘निर्भया’ सामूहिक बलात्कार र हत्याका दाेषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले साेमबार डेथ वारेन्ट माथि निर्णय गर्दै अागामि मार्च ३ गते विहान ६ वजेलाई मिति तय गरेकाे छ ।
निर्भया बलात्कार र हत्याका दाेषि मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई मृत्युदण्ड दिने मिति यसअघि दुई पटक तय गरे पनि दाेषिकाे आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो ।
चार जना दोषीको वाहेक एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए भने
एक जना अपराधी, जो घटना हुँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको तर हाल वयस्क भएपनि उनले सजाय भुक्तान गरिसकेकाे भनी निजलाई मुक्त गरिएकाे छ ।
यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दाेषीकाे निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि मिति सरेको थियो । पछि अदालतले गएको फेब्रुअरी १ लाई तय गरेको थियो तर त्यो दिन पछि मृत्युदण्ड दिन सकिएन ।
निर्भयाकी आमा आशा देवीले नयाँ डेथ वारेन्ट जारी भएपछि आशा जागेको छ । उहाँलाई यसपटक दाेषीहरुलाई सजाय हुने र कसैले पनि कानुनको बाहनामा फाइदा उठाउन नसक्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।