दुर्घटनामा परेकालाइ सहयोग गर्न रक्तदान
टिसिएन युथ क्लबको आयोजनामा आज हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहयोगमा आयोजनामा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र २९ जना पुरुष गरि ३४ जनाले रक्तदान गरेका थिए ।
विभिन्न दुर्घटनामा परेका मानिसहरुलाई रगत अभाव नहोस भन्ने भावनाका साथ रक्तदानको आयोजना गरीएको टिसिएन युथ क्लबकी सदस्य रोजिना पौडेलले बताउनुभयो ।