बागमती प्रदेश सरकारले दुई वर्ष भित्र गरेका महत्वपूर्ण काम यस्ता छन्

छहारी संवाददाता
माघ २९, २०७६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले दुई वर्षको अवधिमा धेरै खालका महत्वपूर्ण काम गरेको बताउनु भएको छ ।

प्रदेश सरकारको दोस्रो स्थापना दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको नाम र राजधानी टुङ्ग्याएको बताउनुभयो ।

यस्तै प्रदेश लोक सेवा आयोग ऐन पारित भएको र सो अनुसार प्रदेश लोक सेवा आयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको बताउनुभयो, जनपत्रले लेखेको छ ।

यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश नीति तथा योजना आयोगको गठन गरिएको तथा प्रदेश अन्तर्गत हाल सम्म ४५ वटा ऐन निर्माण गरिएको बताउनुभयो ।

यस्तै अझ महत्वपुर्ण काम छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामुदायिक क्याम्पसमा अध्ययनरत ४०० जना  छात्राहरु लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रममा साग विजेता खेलाडीको सम्मान गर्दै मुख्यमन्त्री पौडेलले खेल क्षेत्रले नेपाललाई देश विदेशमा चिनाएको भदै प्रसंशा गर्नुभयो । बार्षिक उत्सवका अवसरमा विभीन्न कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, सचिवहरु, प्रदेश सांसदहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले दुईवर्षको अवधिमा गरेका कामलाई समेटेर स्मारीका समेत विमोचन गरिएको थियो । प्रदेशको मन्त्रिपरिषद्को वैठकले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा उत्कृष्ट कर्मचारी देखि हेलीकोप्टर निर्माण गर्ने चेपाङ सम्मलाई पुरस्कृत गरेको छ ।

प्रदेशका उत्कृष्ट कर्मचारीका रुपमा १५ जनालाई पुरस्कृत गरेको छ । आफ्नै पौरखबाट हेलीकोप्टर बनाएर उढाउन सफल चितवनका सरोज चेपाङलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । प्रदेशले उत्कृष्ट नगरपालिका, उत्कृष्ट गाउँपालिका, मकवानपुर गढीको नौमती वाहुनबाजा र एक जना पत्रकारलाई पनि पुरस्कृत गरेको छ ।

दुईवर्षको अवधिमा बागमती प्रदेश सरकारले गरेका महत्वपूर्ण काम मध्येका प्रमुख बुँदाहरु यस्ता छन्
१ प्रदेश सभाको मिति २०७६ पौष २७ गतेको बैठकले प्रदेश स्थायी राजधानीको रुपमा हेटौंडा र प्रदेशको नाम बागमती गर्ने निर्णय गरिएको थियो ।

२ पर्यटनवर्ष २०२० कोप्रदे शस्तरीय उद्‌घाटन चितवनको सौराहामा भव्यरुपमा आयोजनागरिएको थियो ।

३ प्रदेश लोक सेवा आयोग ऐन पारित भएको र सो अनुसार प्रदेशलोक सेवाआयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको छ ।
४ प्रदेश नीति तथा योजना आयोगको गठन गरिएको छ ।
५ प्रदेश अन्तर्गत हाल सम्म ४५ वटा ऐन निर्माण गरिएको छ।
६ प्रदेश सरकारको आवधिक योजना २०७६र ७७, २०८०र८१ अन्तिम मस्यौदा तयार भएको छ।
७ प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार भैरहेको।
८ प्रत्येक स्थानीयतहमा कानुनी सहजकर्ता नियुक्तगरी विपन्न जनतालाई सरकारी कार्यालयहरुबाट सेवा लिन सहयोग पुर्याइएको छ।
९ प्रत्येक स्थानीय तहका कम्तिमा एक वटा सरकारी विद्यालयमा १ जना हुने गरी १२१ जना विद्यालय नर्सको व्यवस्था गरिएको छ।
१० मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सवै स्थानीयतहका विपन्न, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शहीद तथा बेपत्ता परिवार, सशस्त्रद्वन्द्वका घाइते एवम्महिलास्वास्थ्यस्वयम्‌सेविका समेत १ लाख जनताहरुको स्वास्थ्यपरीक्षण गर्ने गरी कार्यक्रम सञ्चालनमा रहेको छ
११ छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामुदायिक क्याम्पसमा अध्ययनरत ४००जना  छात्राहरुला भान्वित छ
१२ २०७६ जेष्ठ २२र २३ गते काठमाडौंमा सार्क स्तरीय युवाबैज्ञानिक सम्मेलन आयोजना गरिएको छ।
१३ युवा बैज्ञानिक प्रोत्साहन कोषस्थापना गरिएको छ।
१४ चितवनको माडीमा १०० विघार सिन्धुलिको दुधौलिमा १२१ विघा मासामुहिक खेतिशुरु भएको छ।
१५ बेचबिखन र हिंसामा परेका महिलाको उद्दार गर्न भक्तपुरमा पुनस्थापना केन्द्र सञ्चालनमा ल्याइएको छ
१६ ५५ सामुदायिक विद्यालयहरुमा स्थापना गरिएको छ।
१७ मकवानपुर जिल्ला र भरतपुरमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गरिएको छ।
१८ काठमाडौं उपत्यका काँठ चक्रपथपरियोजनाको कुल १५०कि।मि। सडकको सम्भाव्यता अध्ययन तथा २७कि।मि। सडककोडि।पि।आर। तयारभएको छ।
१९ मकवानपुर जिल्लामा दुई वटा वस्तिविका ससम्बन्धीअध्ययनकार्य गरिएको छ।
२० रुवीभ्याली एकीकृत विकास योजनाको डि।पि।आर। तयारभैरहेको छ
२१ पोष्टबहादुरबोगटी भिमफेदी(कुलेखानी सुरुङमार्गकोडि।पि।आर।निर्माण कार्य भइरहेको छ।
२२ चितवनको नारायणी लिफ्ट सिंचाई प्रणालीको मर्मत सुधार गरी सञ्चालनमाल्याउन लागिएको छ।
२३ एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनको लागि २१ वटाखाने पानीयोजना सञ्चालनमा ल्याइएको छ।
२४ घुम्ती माटो परिक्षण शिविर सञ्चालन भइरहेको छ।
२५ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रतिलि १ रुपैयाकादरले अनुदान वितरण, यसबाट दुग्ध उत्पादकत्वमा वृद्धि पाँच प्रतिशत भएको पाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*