राक्सिराङका सबै वडामा गरिब पहिचान गरि परिचय पत्र दिइदै

छहारी संवाददाता
माघ २८, २०७६

कुमारी स्याङ्बो तामाङ / बागमती प्रदेशको राक्सिराङ्ग गाउँपालिकाका ९ वटै वडाबाट गरिबी निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ । 

यहि माघ २६ गतेदेखी प्रदेश सरकारको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो ।  

परिचय पत्र वितरण पश्चात गरिव तथा विपन्न परिवारहरुलाई सरकारी सेवा सुविधा दिन सहज हुने गाँउपालिकाको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । सरकारले खटाएका गणकहरु माघ २६ गतेबाटै कार्यक्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । 

समुदायका गरिब विपन्न वर्गलाई  गाँउपालिकाबाट प्रदान गरिने सेवा सिविधामा एकरुपता दिनको लागि यस कार्यक्रमको थालानी गरेको अध्यक्ष  मल्लले जानकारी दिनुभयो । 

गाँउपालिकामा ६ जना कर्मचारी खटाएर गाँउपालिकाको सबै वडामा रहेका घरधुरिको तथ्याङ्क सकंलन गरिरहेको गाँउपालिका उपाध्यक्ष निर्मला हिम्डुङले बताउनुभयो । 

राक्सिराङ गाँउपालिकाका अधिकांश मानिसहरु गरिब र विपन्न रहेका छन् । विशेष गरि लोपोन्मुख चेपाङ परिवारको बसोबास रहेको सो क्षेत्रमा वर्षभरि खान पुग्दैन ।

उनिहरु जीवन यापनका लागि अरुको घरमा ज्याला मजदुरी गरेर जिवन गुजारा गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*