पुर्ननिर्माणको चरम अवस्थामा व्यवसायीले भुकम्प पिडितलाई दुख दिएः ट्रान्सपरेन्सी इन्टरनेशनल

छहारी संवाददाता
माघ २८, २०७६

नानीमैया सापकोटा / ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले भुकम्प पछि पुर्ननिर्माणको चरम अवस्थामा व्यवासायीहरुले असहयोग गरेको आरोप लगाउनु भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज हेटौंडामा आयोजना गरेको निजी क्षेत्रको योगदान र भूमिका विषयक व्यवसायीहरुसँगको अन्तरक्रियामा उहाँले यस्तो आरोप लगाउनु भएको हो । भुकम्पपछि सरकारले ढिला मात्र शुरु गरेको पुर्ननिर्माणको चरम अवस्थामा व्यवसायीहरुले निर्माण सामग्रीको मुल्य वृद्धि गरि भुकम्प पिडितलाई दुख दिएको उहाँको आरोप छ ।

कार्यक्रममा व्यवसायीहरुले भने भुकम्प पछिको पुर्ननिर्माणमा निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुलाई सरकारले समन्वय नगरेको गुनासो गरेका छन् । पुर्ननिर्माण कार्यक्रम सम्पन्न गर्न ढिलो भइसकेको बताउदै अब सरकारले निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्नेमा व्यवासायीहरुले जोड दिएका छन् ।

कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणको निजी आवास तथा अनुदान व्यवास्थापन जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख बिमल किशोर केपी, शिक्षाको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख बद्री बहादुर पाठक, मकवानपुर उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने लगायत व्यवासायीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*