अख्तियारले नेकपाका नेता जोगाएको भन्दै कांग्रेसका भातृ संगठन आन्दोलित

छहारी संवाददाता
माघ २६, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले नेकपाका नेतालाई जोगाएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल लगायतले आज बागमती प्रदेशको राजधानी हेटौडामा विरोध प्रदर्शन तथा राजमार्ग अबरोध गरेका छन् ।

अख्तियारले आफ्ना नेतालाई भ्रष्टाचार मुद्दा लगाएको तर नेकपाका नेतालाई जोगाएको भन्दै नेपाल तरुण दलको संयोजनमा कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघ लगायतले संयुक्त रुपमा विरोध जनाएका हुन् ।

पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन राप्ती पुलमा पुगेर २१ मिनेटसम्म पूर्वपश्चिम राजमार्ग अवरोध गरी कोणसभा आयोजना गरिएको थियो ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार लगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको तर सोही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई कारवाहीको दायरामा नल्याएको भन्दै विरोध प्रदर्शन भएको हो ।

घटनाको विरोधमा केही दिनयता कांग्रेसले विभिन्न आन्दोलन गर्दै आएको छ । विरोध प्रदर्शन तथा राजमार्ग अबरोध कार्यक्रममा पार्टीका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाहरुको पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*