तेस्रो बागमती गोल्डकपको उद्घाटन गृहमन्त्री बादलले गर्ने
तेस्रो बागमती गोल्डकप प्रतियोगिताको उद्घाटन गृहमन्त्री राम बहादुर थापा (बादल) ले गर्नु हुने भएको छ ।
बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा यहि फाल्गुन ३ गते देखि १३ गते सम्म मकवानपुरको फापरबारी जनता उच्च माविको खेलमैदानमा भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम तय भएको बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जानकारी दिनु भयो । उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।
प्रतियोगितामा हिमालय शेर्पा क्लव काठमाण्डौँ, संकटा क्लव काठमाण्डौँ, सरस्वाती युवा क्लव काठमाण्डौँ जावलाखेल युवा क्लव ललितपुर, च्यासल युवा क्लव ललितपुर, आयोजक, बिरगंज यूनाईटेड बिरंगंज, बागमती युवा क्लवज सर्लाई र नवजन जागृति युवा क्लव सिमरा, मकवानपुर ११ गरि १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार ६ लाख, द्धितिय पुरस्कार ३ लाख, सर्बोत्कृष्ट खेलाडीलाई ५० हजा, सर्बोत्कृष्ट विधा तर्फ १०/१० हजार , खेलमा म्यान अफ द म्याच तर्फ ५ हजार पुरस्कार रहेको बागमती खेलकुद विकास समितिका कोषाध्यक्ष बिरेन्द्र समालले जानकारी दिनु भयो ।
सोही खेलमैदानमा फाल्गुन १३ गते प्रतियोगिताको समापन गरिनेछयोगित । यस अघि फाल्गुन १ गते देखि गर्ने भनिएको प्रतियोगिता ९३ दिन पछि फाल्गुन ३ गते देखि शुरु हुनेछ ।