नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखाको सभापतिमा लम्साल
नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा, हेटौंडा ९ को २० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
उपशाखाका सभापति लक्ष्मण भण्डारीको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेले मानविय सेवामा सर्मपित रेडक्रसको काम,कर्तब्य र अधिकारलाई सरकारका निति नियमले सांघुरो वनाएको वताउदै,रेडक्रसले सञ्चालन गर्दे आएको एम्बुलेन्स सेवा सरकारको गलत नितिका कारण हाल स्थगन गर्न वाध्य भएको वताउनस भयो ।
मानिसको जीवन संग प्रत्यक्ष सरेकार राख्ने रगतको ब्यापार रेडक्रसले नगरेको वताउदै नि शुल्क संकलित रगत परिक्षण र भन्डारण शुल्कमात्र लिएर उपलब्ध गराउदै आएकामा हाल प्रदेश सरकार र हेटौडा अस्पतालका कारण रक्तसञ्चार सेवा पनि बन्द हुने अवस्था आएको वताउनु भयो ।
भेलाले आगामी कार्यकालका लागि जनक लम्साल सभापत्विमा ११ सदस्यि नया कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उपशाखाको उप सभापतिमा रमिला सापकोटा, सचिव पुरुषेत्तम आचार्य, सह सचिव संचिता भट्टराई, कोषाध्यक्षमा गोकर्ण सुवेदी,सह कोषध्यक्ष विश्व नाथ अर्याल, सदस्यहरु दिपेन्द्र रोक्का,सजना मल्ल, माधव धिमिरे, डवल मर्हजन, भक्त बहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाई आजै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेले सपथ ग्रहण गराउनु भएको थियो ।