वन विज्ञान अध्ययन संस्थान हेटौडा: ४६ दिनपछी डिनको कार्यालय र आर्थिक शाखामा लगाइएको ताला खुल्यो

छहारी संवाददाता
माघ २४, २०७६

वन विज्ञान अध्ययन सस्थान हेटौँडामा अनेरास्ववियुले ४७ औ दिनमा डिनको कार्यालय , प्रशासन र आर्थिक शाखामा लगाएको ताला  आज खोलेको छ ।

आन्दोलनको ४६ औ दिन पछि वनविज्ञान संकायका उपकुलपति कार्यलय,रामपुर चितवनबाट मेरिट संसोधानको पत्र आए पछि वन संकाय हेटौडाको डिनको कार्यलयले विहिबार गत वर्षको जस्तै योग्यताक्रम अनुसार नयाँ मेरिट नामवली सार्वजनिक गरेको हो । 

अनिश्चितकालिन तालाबन्दी ४७ औ दिनमा माग भए अनुसारको कार्य भएको र  बिद्यार्थीको अधिकार उल्लघंन नगरी मेरिट नियमावलि प्रकाशन गरेकोमा क्याम्पस प्रशासन र वन संकायका डीन कार्यलयलाई अनेरास्ववियु वनविज्ञान संकायका कार्यवाहक अध्यक्ष अंकित खतिवडाले धन्यवाद व्यक्त गर्दै आन्दोलन कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभएको छ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालय,वन संकाय हेटौडामा अनेरास्ववियुले ४७ दिन देखि अनेरास्ववियुले लगाएको तालाबन्दी  पत्रकार सम्मेलन गर्दै आज  खोलेको हो । 

पुस ५ गते वनविज्ञान संकायले प्रवेश परीक्षा मेरिट छनौट गर्दा गत वर्षको नियमलाई यथावत् राखि भर्ना प्रकृया फरक गरेको र छात्रवृद्धि पाउनु पर्ने बिद्यार्थीको अधिकार उल्लघंन भएको भन्दै पुस ७ गते बाट अनेरास्ववियुले विश्वविद्यालय वन संकायका डीनको कार्यलय, प्रशासन र आर्थिक शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*