स्रोत साधनको कमिले प्रहरीलाइ काम गर्न असहजः कानुनमन्त्री जमकट्टेल

छहारी संवाददाता
माघ २४, २०७६

बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले सुरक्षा व्यवस्था राम्रो बनाउन नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

सुरक्षा निकायले प्रदान गर्ने सुरक्षा नागरिककै लागि भएको भन्दै उहाँले नागरिकले सहयोगी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

बिहिबार हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा अस्थायी प्रहरी बिटको उद्घाटन गर्दे मन्त्री जमकट्टेलले नेपालमा स्रोत साधनको कमिले प्रहरीलाइ काम गर्न असहज भएको बताउनुभयो । उहाँले अनुसन्धानको लागि आवश्यक स्रोत साधनको अभावमा पनि प्रहरीले शान्ती सुरक्षाको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले आफ्नो वडा बजार र इलाका प्रहरी कार्यालयबाट टाढा रहेकोले सुरक्षाको लागि अस्थायी बिटको स्थापना गर्नु परेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिल सिंह राठौर लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*