हेटौडा उपमहानगरपालीमा राजश्व संकलनमा कमी

छहारी संवाददाता
माघ २३, २०७६

सम्झना रिजाल/ गत आर्थिक बर्षको तुलनामा हेटौडा उपमहानगरपालीका मा यो बर्ष राजश्व संकलनमा कमी आएको छ ।

गत बर्ष माघ २० सम्म २२ करोड ६० लाख रकम संकलन भएको मा यस बर्ष २१ करोड ४ लाख मात्र संकलन भएको हो । गत बर्षको तुलनामा एक करोड ५६ लाख कम रकम संकलन भएको हेटौडा उपमहानगरपालीका राजश्व शाखाले जनाएको छ ।

गत बर्ष ठेक्कामा गएको योेजनाहरु यो बर्ष नजादा राजश्व एकमुस्ट नआउदा रकम  कम भएको शाखाले जनाएको छ । ठेक्का प्रकृयाबाट गर्दा सुरुमा नै ४० प्रतिशत रकम भुक्तानि गर्ने हुुदा धेरै देखिने भए पनि  यो बर्ष भने दैनिक  संकलन भैरहेकाले कम देखिएको  उपमहानगरपालीकाले जनाएको छ ।

गत बर्ष  १८ करोड बार्षीक राजश्व संकलन गर्ने लक्ष्य राखेको उपमहानगरपालीकाले माघ सम्म तोकीएको लक्ष्य भन्दा करिब २० प्रतिशत बढी संकलन भएको थियो । तर यस बर्ष भने बार्षीक लक्ष्य ३४ करोड तोकीदा उपमहानगरपालीकाले अहिले सम्म ६१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

गत बष माघ सम्ममा उपमहानगरले घर बहाल कर  ७५ लाख ८९ हजार संकलन गरेको मा यस बर्ष भने बृद्धी भै एक करोड ३६ लाख रुपैया संकलन गरेको छ । उपमहानगरपालीकाले गत बर्ष ३४ करोड ७ लाख  रुपैया राजश्व संकलन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*