हेटौडामा होण्डाको नयाँ शोरुम उद्घाटन, सस्तो ब्याजदरमा ‘सोही दिन कर्जा सुविधा’ 

छहारी संवाददाता
माघ २३, २०७६

होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हेटौंडामा नयाँ थ्रि एस डिलरशिप टाइम्स अटोहब प्रा.लिको सुरुवात गरेको छ ।

आज एक कार्यक्रममा बीच हेटौडा१० मा रहेको शोरुम तथा सर्भीस सेन्टरको उद्घाटन गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्त रुपमा शोरुमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा टाइम्स अटोहबका प्रवन्धक निर्देशक शिवराम श्रेष्ठले  ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्तागर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

ग्राहकको अपेक्षा पुरा गर्न हरपल तयार रहेको भन्दै उहाँले होण्डाका ग्राहकहरुले अब नेपालमै सबैभन्दा सस्तो ९.९९ प्रतिशत ब्याजदरमा सरल र सहज तरिकाले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्ने बताउनुभयो ।

तिन दिन विशेष अफर समेत रहेको बताउदैं निर्देशक श्रेष्ठले विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर खरिद गरि पुरस्कृत हुन सर्वसाधरणलाई अनुरोध समेत गर्नु भएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि ज्योति ग्रुपकै एक भाग हो ।

सन् १९७६ मा स्याकार ट्रेडिङ्ग कम्पनीका रुपमा स्थापित भइ हालसम्म होण्डा मोटरसाइकल, स्कुटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*