कोरोना भाइरसले महामारीको रुप लिएको छैन, गलत हल्ला भयोः डब्लुएचओ
विश्व स्वास्थ्य संगठनले चीनमा देखिएको नोवेल कोरोना भाइरसको संक्रमणले अहिलेसम्म महामारीको रुप नलिएको जनाएको छ ।
डब्लुएचओले सूचना जारी गर्दै गलत हल्ला र सूचनालाई लिएर सावधान रहन पनि सबैलाई आग्रह गरेको, सीआईएनमा खबर छ ।
डब्लुएचओका संक्रामक रोगको सामना गर्नका लागि व्यवस्था गर्ने विभागका अध्यक्ष डाक्टर सोफी ब्रायण्डले अहिले सम्म कोरोनाले महामारीको रुप लिएको विषयमा कुनै प्रमाण फेला नपरेका स्पष्ट पार्नुभयो ।
डाक्टर सोफीका अनुसार जुन मानिसमा यो भाइरस भेटिएको छ उनीहरुले मास्कको प्रयोग गर्नु पर्छ तर, यसले शत प्रतिशत सुरक्षा भने हुँदैन ।
कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय ९० जनाको मृत्यु भइसकेको छ भने २० हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा १५ सय गम्भिर बिरामी छन् ।