सहकारीमा नलागेको व्यक्तिलाई टिकट दिन हुन्नः कांग्रेसका प्रमुख सचेतक खाँड 

छहारी संवाददाता
माघ २०, २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँडले सहकारीमा नलागेको व्यक्तिलाई काङ्ग्रेसले टिकट दिन नहुने धारणा राख्नु भएको छ ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १० औं वार्षिकोत्सवको अवसरमा आज हेटौडामा आयोजित सामुदायिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

नेता खाँडले राज्य व्यवस्था सञ्चालनमा सहकारीको ठुलो योगदान रहेको बताउनु भएको छ । नेपालमा ३३ हजार भन्दा बढि सहकारी रहेको र ६५ लाख शेयर सदस्य रहेको भन्दै उहाँले नेपाल अहिले सहकारीमय भएको बताउनुभयो ।

उहाँले सहकारी ऐन २०७४ र नियमावली समेत आइरहेकोले अब संख्यात्मक भन्दा पनि गुणात्मक सहकारी सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।  

पुरस्कार वितरण तथा सम्मान
सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा करिब दुई दशकदेखि दारी कपाल काट्ने पेशा गर्दै आएका हेटौंडा–७ का किरण अधिकारी र लामो समयदेखि कृषि पेशा गर्दै आएकी मनहरी गाउँपालिका––६ सुनाचुरीका फूलमाया तामाङलाई सामुदायिक सम्मान–२०७६ प्रदान गरिएको छ ।

रेडियो मकवानपुरले स्थापनाकालदेखि नै बार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको सामुदायिक सम्मान अधिकारी र तामाङलाई प्रदान गरिएको हो । दुवैजनालाई नगद १० हजार राशीसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै यस्तै उत्कृष्ट कर्मचारीको रुपमा रेडियो मकवानपुरकी बजार व्यवस्थापक तथा कार्यक्रम प्रश्तोता शान्ति सुनारलाई सम्मान गरिएको थियो । उनलाई नगद ७ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*