सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुने
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अन्तर्गत आज दुई खेल हँुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । रेलिगेशनबाट संघर्षरत शेर्पा ७ अङ्क सहित १२ औं स्थानमा छ भने संकटा १२ अङ्क जोड्दै तालिकाको आठौं स्थानमा छ ।
आजै हुने अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले प्रतिस्पर्धा गर्नेछन् । दशरथ रंगशालामै हुने दोस्रो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उपाधि होडमा रहेको आर्मी विभागीय टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा फर्कन चाहन्छ ।
पुलिस भने शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । आर्मी २० अङ्क सहित दोस्रो स्थानमा छ भने पुलिस १४ अङ्क सहित तालिकाको छैटौं स्थानमा छ ।