बागमती प्रदेशका सांसदलाई सरकारी आवास निर्माणको लागि जग्गा खोजिँदै 

छहारी संवाददाता
माघ १९, २०७६

बागमती प्रदेश सरकारले प्रदेशसभाका सांसदलाई सरकारी आवास निर्माण गरिदिने भएको छ ।

बाहिरी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसदहरुलाई हेटौंडामा फ्ल्याट भाडामा लिन समस्या भएको सरकारी आवास निर्माण गरिदिन लागेको बुझिएको छ ।

सरकारमा रहेका मुख्यमन्त्री, मन्त्री, विभीन्न आयोगका सदस्यहरुसंगै प्रदेशसभाका सदस्यहरुका लागि पनि सरकारी आवास निर्माणको तयारी थालिएको हो ।

प्रदेश सांसद र मन्त्रीलाई कहाँ सरकारी आवास निर्माण गर्ने भन्ने अहिले सम्म टुङ्गो भने नलागेको तर त्यसका लागि जग्गाको खोजी भइरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो, जनपत्रले लेखेको छ ।

जग्गा प्राप्त पछी भवन निर्माण गर्न पनि कम्तिमा दुईवर्ष लाग्छ । अहिलेका प्रदेशसभाका सदस्यहरुको म्याद अव तीन वर्ष मात्र छ । तर, अहिलेका सांसदले सरकारी आवास प्रयोग गर्न पाउँछनकी पाउँदैनन् भन्ने संका छ ।

यता प्रदेश सरकारको लागि मुख्यमन्त्री कार्यालय देखि सवै मन्त्रालयहरु निर्माण गर्नका लागि हेटौंडा ९ मा रहेको हेटौंडा सिमेन्ट उद्योगको खाली जग्गा प्रदेश सरकार मातहत ल्याउनका लागि काम भइरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*