विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ श्रष्टा सम्मानित
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ श्रष्टालाई सम्मान गरेको छ ।
प्रतिष्ठानको १२ औं बार्षिक साधारणसभाको अवसर पारेर सम्मान तथा नगद पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले ५० हजार राशीको हर्षनर बज्राचार्य स्मृति प्रदेश पुरस्कार शुभ बहादुर सुनामलाई प्रदान गरेको छ ।
यस्तै नगद १० हजार राशीको तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार साहीत्यकार शान्ति प्रियबन्दनालाई प्रदान गरेको छ भने ७ हजार ५० राशीको भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोइरालालाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले एक हजार ५ सय राशीसहित शीला नारी प्रतिभा पुरस्कारबाट सन्ध्या आचार्यलाई पुरस्कृत गरेको भने ११ हजार १ सय ११ रुपैया राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट छवि अनित्य सम्मानित हुनु भएको छ ।
प्रतिष्ठानले १० हजार राशीको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सत्यदेवी जर्घालाई र १० हजार रुपैया राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रवीण ग्वाच्छालाई प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचीब श्याम प्रकाश तमोटले श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्नु भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाल, बरिष्ठ साहीत्यकार तुल्सी थापा, साहीत्यकारहरु निमेष निखील लगायतको उपस्थिती रहेको थियो ।