संचारकर्मी र सहकारीकर्मी बिच अन्तरक्रिया
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगेन्द्र कार्कीले उद्देश्य विपरित काम गर्ने सहकारीलाई कारवाही गर्नुपर्ने धारणा राख्नु भएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १० औं वार्षिकोत्सवका अवसरमा आयोजित सहकारी र मिडियाको अन्तर सम्बन्ध विषयक अन्तरक्रियामा उहाँले उहाँले सहकारीलाई कृषिसंग जोड्नु आवश्यक रहेको भन्दै उदेश्य के हो त्यही अनुरुप काम पनि गर्न आग्रह गर्नुभयो ।
कतिपय सहकारी भागेको, गलत गरेको उजुरी आउने गरेको भन्दै सचिव कार्कीले यस तर्फ सबै सहकारी सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
सहकारी ऐनमा विवाद नगर्न अनुरोध गर्दै उहाँले कार्यान्यनको चरणमा गइसकेपछि केहि अपठ्यारो भए ऐन परिमार्जन गर्न पनि सकिने बताउनु भयो । तर त्यसको लागि पहिले कार्यान्वयनमा जोड दिन सबैसंग आग्रह गर्नुभएको छ । उहाँले सहकारीले गरेका गतिविधीलाई मिडियासंग जोड्न सुझाव दिनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्सालले सहकारीले मिडियाको आवश्यकता र महत्व बुझ्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सहकारीहरुले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले सूचना अधिकारी राख्दा सञ्चारकर्मीलाई प्राथमिकता दिनुपर्ने स्वीकार्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले सहकारीका कारण धेरैको जीवन परिवर्तन भएको दावी गर्दै मिडियालाई सदुपयोग गर्न अनुरोध गर्नुभयो । कानूनमा समस्या भए त्यसलाई मिडिया मार्फत बाहिर ल्याउन पनि आग्रह गर्नुभयो ।
सहकारीले आफ्नो उपलब्धीलाई उल्लेख गर्न नसकेको भन्दै उहाँले यद्यपी सहकारीले महिला जनप्रतिनिधि उत्पादन गर्न धेरै सघाउ पु¥याएको बताउनुभयो ।
कार्यक्रममा संचारकर्मीहरुले सहकारीहरु मिडिया मैत्री हुने पर्ने सुझाव दिएका थिए । उनिहरुले जिल्लामा अहिले सहकारीको संख्या धेरै रहेको भन्दै आफ्ना गतिविधीहरु बाहिर ल्याउन एक सहकारी एक संचारकर्मी राख्न सुझाव दिएका थिए ।
दिव्यतारा सहकारीकी अध्यक्ष महालक्ष्मी डिना उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, साना कृषि सहकारी संस्था मनहरीका अध्यक्ष विमला कार्की, युवा सोकासका अध्यक्ष राजु गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।