फायरिङ गरेर भएपनि लागुऔषध गाँजा सहित मानिस पक्राउः मकवानपुर प्रहरी

छहारी संवाददाता
माघ १६, २०७६

मकवानपुर प्रहरीले लागुऔषध गाँजा तस्करलाई पक्राउ गर्न फयरिङ गरेको जनाएको छ ।

गएराती १ बजे हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरि ल्याइरहेको सूचनाका आधारमा बीआर ०६ जी ४४५७ भारतीय नम्बरको कारलाई पिछा गर्ने क्रममा फायरिङ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका एसपी सुशिल सिंह राठौंरले जानकारी दिनुभयो ।

कारलाई विभिन्न चेक प्वाइटमा रोक्न खोज्दा नरोकेपछि बाध्य भएर एक हवाई र एक टायरमा फायरिङ गरी एक महिला र दुई पुरुषलाई पक्राउ गरेको आज कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मनहरी क्षेत्रबाट लागूऔषध लिएर आइरहेको सूचना पाएर इलाका प्रहरी कार्यालय नेवारपानी र लेवट र वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्‍याङमा नियन्त्रणमा लिन खोज्दा कार भागेकोले फायर खोल्नु परेको एसप् राठौरले बताउनुभयो ।

उनिहरु कारको पछाडीको सिट मुनी लुकाई ल्याएको ३२ किलो गाँजा प्रहरीले बरामद गरेको छ । एसपी राठौरले भन्नुभयो– 'कारमा महिलालाई बिरामी बनाएर राखिएको र एकजना बिरामी कुरुवा बनेर लागूऔषध तस्कर भइरहेको रहेछ । कार चेकजाँच गदौ पछाडीको सिटमुनी ३२ किलो गाँजा फेला पर्यो । '

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजैमल हवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*