ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक फर्निचर उपलब्ध 

छहारी संवाददाता
माघ १४, २०७६

हेटौँडा उपमहानगरपालिकाकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक फर्निचर उपलब्ध गराएको छ ।

मेयर हरीबहादुर महतले सोमबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी निरिक्षक हरिबिष्णु ढकाललाइ फर्निचर हस्तान्तरण गर्नुभएको हो । उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि सहज होस् भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको हो ।

सवारी साधन चेकजाँच  गर्न र चालकहरुका गतिबिधी नियाल्न उपयोग हुने सामग्रीहरु उपलब्ध गराईएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले गोप्रो क्यामारा १ थान, मादक पदार्थ सेवन परिक्षण गर्न ब्रेथ लाइजर १ थान, व्हिल लकर १० थान, म्याजीक लाइट ५ थान, सडक लेन छुट्याउने  ट्राफीक कोण २५ थान उपलब्ध गराएको हो ।

उपमहानगरबाट प्राप्त सामग्रीको उपयोग गर्दै ट्राफिक व्यवस्थापनमा कृयाशील हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*