पुनर्निर्माणको नाममा अल्झेर बस्न नहुने जिसस मकवानपुरका प्रमुख खुलालको भनाइ

छहारी संवाददाता
माघ १३, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पुननिर्माणको कामलाई मागि खाने भाँडो बनाउन नहुने बताउनुभएको छ । 

भुकम्प पुननिर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन ईकाईद्धारा हेटौंडामा आज आयोजित वातावरण तथा सामाजिक व्यवस्थापन ढाँचा सम्बन्धी सुझाव संकलन कार्यक्रममा उहाँले पुननिर्माणको काम छिटै सक्नु पर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले सर्धै भरी पुननिर्माणको काममा अल्झेर बस्न नहुने बताउनुभयो । वातावरण प्रभावलाई कम गरेर लाभग्राहीलाई सहज वातावरणमा अनुदान प्रदान गर्दै पुननिर्माणको काम सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो ।

पुननिर्माणको कामलाई टुङ्ग्याउनु पर्ने भन्दै प्रमुख खुलालले यस क्रममा कोहि अन्यायमा परे भने राज्यले जुनसकै बेला आफ्नो नागरिकलाई सेवा दिन सक्ने भन्दै यसलाई टुङ्गो लगाउनुपर्ने बताउनुभयो, साझा सन्देशले लेखेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालय मकवानपुरका प्रमुख बिमल किशोर केपीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*