७० प्रतिशत महिला सन्चारकर्मी राख्ने सन्चारगृहलाई प्रोत्साहन अनुदान दिईनेः  प्रेस रजिस्टार सापकोटा

छहारी संवाददाता
माघ १३, २०७६

बागमती प्रदेश सरकारले ७० प्रतिशत भन्दा बढी महिला सन्चारकर्मी राख्ने सन्चार गृहलाई प्रोत्साहन अनुदान दिने तयारी गरेको छ ।

महिला, बालबालिका सम्बन्धी २ दिने तालिमको उद्घाटन गर्दै प्रेस रजिस्टार रेवती सापकोटाले पत्रकारितामा महिलाको सक्रियता बढाउने प्रदेश सरकारको उदेश्य अनुरुप अनुदान दिने तयारी गर्न लागिएको बताउनुभयो ।

आफ्नो क्षमता आफै प्रदर्शन गर्ने एक मात्र पेशा पत्रकारिता हो भन्दै सापकोटाले प्रदेश स्तरको समाचार लेखनमा ध्यान दिन सुझाव दिनुभयो ।

पत्रकार महिलाहरुलाई यो पेशामा टिकाइ राख्न सरकारले विभिन्न योजना ल्याउने तयारी गरिरहेको समेत उहाँले बताउनुभयो । तालिममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले अहिले पत्रकारिता गरेर बाच्न सकिने माहोल बनेको बताउनुभयो ।

उहाँले त्यसको लागि महिला पत्रकारहरुमा सिप, निरन्तरता र समर्पणको आवस्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभया – 'राम्रो समचार लेख्नुस्, आफुलाई चिनाउनुस् आफै बार्गेनि पावर बढ्छ । तपाइलाई मिडियाले आफैं खोज्छ ।'

भोली सम्म चल्ने तालिममा बागमती प्रदेशको मकवानपुर सहित ५ जिल्लाका करिब २० जना संचारकर्मीको सहभगिता रहेको छ ।

बिस्टको अध्यक्ष्यतामा भएको कार्यक्रममा सचारकर्मी विश्वमणि सुवेदी, राजाराम गौतम, राममणी दाहाल, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष्य उर्मिला कार्की लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*