दिव्यतारा सहकारीकोे २२ औं तथा रेडियो मकवानपुरको दशौं वार्षिकोत्सवमा विविध कार्यक्रम हुने  

छहारी संवाददाता
माघ १३, २०७६

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिकोत्सव तथा सहकारीद्धारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको दशौं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ ।

आज रेडियोमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष महालक्ष्मी डिना उपाध्यायले कार्यक्रम बारे जानकारी दिनु भएको हो । सामाजिक, खेलकुद, साहित्यीक, स्वास्थ्य क्षेत्रलाई समेटेर विविध कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यक्रम अन्तरगत आज हेटौडा १३ मा रहेको युग चेतना नमुना आधारभुत विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस्तै माघ १५ गते मिडिया र सहकारीको सम्बन्ध विषयक अन्तरक्रिया, १६ गते सहकारी सम्बन्धी अन्तर मावि कविता प्रतियोगिता र दिव्यतारा बहुउदेश्यी सहकारीको कमाने शाखा कार्यालय उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

यस्तै १७ र १८ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता आयोजना गरिने तथा मनहरी गाउँपालिकाको वडा १ मकरीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने संस्थाका अध्यक्ष उपाध्यायले बताउनुभयो ।

कार्यक्रमको अन्तिम दिन भने नेपाली कांग्रेसका प्रमख सचेतक बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्मान तथा पुरस्कार वितरण र वार्षिकोत्सव समापन कार्यक्रम गरिने अध्यक्ष उपाध्यायले बताउनुभयो ।

समापन कार्यक्रममा सामुदायिक सम्मान २०७६ अन्तरगत दुई जनालाई नगद १० हजार सहित सम्मान गरिनेछ भने रेडियो मकवानपुरमा कार्यरत एक जना कर्मचारीलाई पनि सम्मान गरिने रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा रेडियोका सदस्य विष्णु खनाल, कांग्रेस नेता यतिराज सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारी, सहकारी व्यवस्थापक रमेश कोइराला लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*