विप्लब नेतृत्वको नेकपा माओवादीका चार नेताले गरे परित्याग

छहारी संवाददाता
माघ १३, २०७६

सरकारले प्रतिबन्ध लगाए यता मकवानपुरमा विप्लब नेतृत्वको नेकपा माओवादी परित्याग गर्ने लहर चलेको छ ।

आजै मात्र हेटौडामा पत्रकार सम्मेलन गरी मकवानपुरका चार जना नेताले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषण गरेका हुन् । पार्टी परित्याग गर्नेमा अक्कल बहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागााईं र नारायण प्रसाद गौतम रहेका छन् ।

पत्रकार सम्मेलनमा उनिहरुले पार्टीमा बस्दा सामाजिक र व्यक्तिगत जिवनमा असहज परिस्थिति सिर्जना भएकोले पार्टी परित्याग गरेको बताएका छन् ।

देशमा वैदेशिक शक्तिको हस्तक्षेप, भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृतिले नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएको बताएका छन् ।

उनीहरुले गैरराजनीतिक, सामाजिक र नागरिक अभियान्ताहरुको अभियान राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरमा आवद्ध रहेर बाँकी जिवन देश र जनताको लागि स्वतन्त्र पुर्वक सामाज परिवर्तन गर्न जनअपेक्षामा लाग्ने प्रतिबद्धता समेत जनाए ।

यसअघि नेकपा माओवादी जिल्ला इन्चार्ज बिरबहादुर गलान ज्वालाले पनि पार्टी परित्याग गरेको थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*