सभामुख पदमा निर्वाचित सापकोटा विरुद्ध नागरिक खबरदारी
प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्वाचित भएको विरोधमा नेपाल मानवअधिकार संगठन र नागरिक समाज मकवानपुरले आज नागरिक खबरदारी कार्यक्रम गरेका छन् ।
अर्जुन लामाको हत्या आरोपमा अनुसन्धानमा रहेका सापकोटालाई मुद्दाको फैसला नभएसम्म सभामुख बनाउन हुन्न भन्दै नागरिक खबरदारी गरिएको हो ।
नेपाल मानवधिकार संगठनका उपाध्यध कृष्ण भण्डारीको नेतृत्वमा पिडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र काननुी शासनको सम्मान गर भन्दै हेटौडाको बुद्धचोकमा भेला भइ विरोध गरिएको हो ।
काभ्रे दोप्चाका शिक्षक अर्जुन लामालाई खाल्टो खनि जिउदै पुरेर हत्या गरेको ओरोप लागेका तत्कालिन माओवादी नेता तथा नेकपा सांसद सापकोटाको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको बेला आइतबार बसेको संसद बैठकले सापकोटालाई सभामुखमा पदमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तो मानवता विरोधी कार्य तत्काल खारेजी गर्न उपाध्यक्ष भण्डारीले माग गर्नु भएको छ । आज ७७ ओटै जिल्लामा मानअधिकारकर्मीले नवनिर्वाचित सभामुख सापकोटाको विरोधका खबरदारी गरेका हुन् ।