गाँजा तस्करीमा ए्रम्बुलेन्सको प्रयोग, ३० किलो गाँजा सहित तीन जना पक्राउ

छहारी संवाददाता
माघ १३, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेन्स सहित नियन्त्रणमा दिइएका तीन जनालाई आज सार्वजनिक गरेको छ ।

आज जिप्रकामा आयोेजित पत्रकार सम्मेलनमा उनिहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट डुमरिया नगरपालिका वडा नम्बर ९ का ३९ वर्षका महमद खलिद, डुमरिया–४ का १९ वर्षका अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षका विनोद सहनी रहेका छन् ।

मनहरीबाट हेटौँडा बजार आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स विशेष सूचनाको आधारमा नेवारपानीमा जाँच गर्दा ३ वटा झोलामा ६ वटा पोका बनाई ल्याएको ३० किलो ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिल सिंह राठोरले जानकारी दिनुभयो ।

साथै प्रहरीले उनिहरुबाट ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको एसपी राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही अघि बढाइने छ ।

ऐन अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*