मकवानपुर क्याम्पसले गरेको शुल्क बृद्धी तत्कालका लागि स्थगन
मकवानपुर क्याम्पसमा विद्यार्थीको मासिक शुल्क ६५ प्रतिशत र भर्ना शुल्कमा एक सय प्रतिशत बृद्धी गरिएकोमा तत्कालका लागि स्थगन गरिएको छ ।
मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले गत मंसिर २० गते गरेको शुल्कबृद्धिको निर्णलाई स्थगन गरेपछि क्याम्पसका विद्यार्थीले गरेको आन्दोलन पनि स्थगन गरेको छ । आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी युनियनले रिले अनशनको कार्यक्रमलाई स्थगित गरेका छन् । सञ्चालक समितिको हिजोको वैठकले हाललाई बृद्धी गरेको शुल्क स्थगन गर्ने निणय संगै रिले अनसन पनि स्थगित भएको हो ।
आज तीन संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै क्याम्पसको निर्णयको स्वागत गर्दै क्याम्पसले शुल्क बृद्धि गरेपछि अनेरास्ववियु तथा स्तन्त्र विद्यार्थी युनियनका नेताहरुले गएको १९ दिनबाट रिले अनशनअनशन स्थगित भएको बताएका हुन् ।
आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले अनशनमा रहेका विद्यार्थी नेतालाई जुस खुवाएर अनसन तोडेका थिए ।
१९ दिनबाट अनशनमा रहेका विद्यार्थीहरुसँग पटक पटक वार्ता गरेपछि विद्यार्थीहरु शुल्क खारेजिको मागबाट एक कदम पछि पछि नहटेपछि क्याम्पस प्रशासन तथा ब्यवस्थापन समितिले पुस २० गते गरेको निर्णयलाई स्थगन गरेको हो ।
निर्णय स्थगन पछि प्र्रतिक्रिया दिदै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरका सभापति कुमार केसीले विद्यार्थीको अधिकारको लागि स्ववियु सधै तत्पर हुने बताएका छन् ।