भौतिक प्रगतिलाई मात्र विकास मान्न सकिँदैनः ईन्सेक
ईन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले समाजमा भौतिक प्रगतिलाई मात्र विकास मान्न नसकिने बताउनु भएको छ ।
आज हेटौडामा आयोजीत विकासका लागि नागरिक समाज तथा संचार जगतविच अन्तर्क्रिया कार्यक्रममा उहाँले मानिसको चेतनामा बृद्दि हुनु पनि विकास हो भन्नुभयो ।
मानिसमा सचेतना वृद्दिका लागि शिक्षामा लगानि आवश्यक रहेको तर शिक्षामा भएको लगानिको प्रतिफल आउन समय लाग्ने उहाँको भनाई छ । नागरिक समाज र संचारजगतको संयुक्त पहलमा मात्र समाजको विकास सम्भव हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नागरिक समाजकी अध्यक्ष रमिला सापकोटाले समाज विकासको लागि अझै शिक्षा स्वास्थ्य खाद्य क्षेत्रमा उल्लेख्य काम गर्न बाँकि रहेको बताउनुभएको थियो । उहाँले मनहरी गाउपालिकालाई बालमैत्रि बनाएको प्रति आफु सन्तुष्ट नरहेको समेत बताउनुभयो । मनहरी गाउपालिकामा अझ पनि बालश्रम कायम रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजले संचार क्षेत्रलाई अपेक्षित सहयोग नगरेको गुनासो आएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत अनौपचारिक सेवा केन्द्र ईन्सेकले आयोजना गरेको कार्यक्रममा संचारकर्मी तथा मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।