कांग्रेस नेता बानियाँद्वारा धादिङ दुर्घटनामा मृत्यु भएका प्रति दुःख व्यक्त

छहारी संवाददाता
माघ ९, २०७६

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपालीका नेता ईन्द्रबहादुर बानियाँले धादिङमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका प्रति दुःख व्यक्त गर्नु भएको छ ।

बानियाँले आज विज्ञप्ति जारी गर्दै धादिङको निलकण्ठ नगरपालिका–८ मा हिजो मंगलबार भएको दुर्घटनामा ७ जनाको मृत्यु र ३० बढि घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नु भएको हो ।

उहाँले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । विज्ञप्तिमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेता बानियाँले घाइतेहरुको उपचार र मृतकका परिवारलाई राहतको उचित व्यवस्था मिलाउन समेत प्रदेश सरकारसंग माग गर्नु भएको छ ।

उहाँले दुर्घटनाका न्यूनिकरणका लागि अभियान संचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

यस्तै, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ स्थित दामनको एभरेष्ट पानोरमा रिसोर्टमा निसासिएर मृत्यु भएका ८ जना पर्यटक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्य, तथ्य छानविनका लागि संघीय र प्रदेश सरकारसंग माग गर्नु भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*