अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावमा नेताहरुको विवाद 

छहारी संवाददाता
माघ ८, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव विरुद्ध सुनुवाइ सुरु भएको छ ।

प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहबीच विवाद भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो ।

अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथसमेत लिएको बीबीसीले जनानएको छ ।

अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो । सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकाले महाअभियोग लगाउने प्रस्ताव पारित हुनेमा भने आशंका पैदा भएको छ ।

डेमोक्र्याट्सहरु उक्त मुद्दालाई लम्ब्याउन चाहेका छन् भने रिपब्लिकनहरु चाँडै नै मुद्दाको किनारा लगाउने पक्षमा देखिएका छन् । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनका राष्ट्रपतिलाई अनावश्यक दवाव दिएको आरोप लागेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*