मकवानपुरमा साउन महिना यता २ सय १९ जना क्षयरोगी फेला

छहारी संवाददाता
माघ ८, २०७६

मकवानपुरमा साउन महिना यता २ सय १९ जना क्षयरोगीहरु भेटिएको स्वास्थ्य कार्यालय हेटौंडाले जनाएको छ ।

आज हेटौंडामा आयोजित सञ्चारकर्मीहरुसंग स्वास्थ्य गतिविधिबारे अन्तरक्रियामा कार्यालयले यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ठाकुर पौडेलले यस बर्ष जिल्लामा २ हजार ४ सय ३४ जनामा डेंगुको संक्रमण पाइएको जानकारी दिनुभयो । उहाँले गर्मी मौसम लाग्नु अगावै डेंगु बारे सचेतना मुलक कार्यक्रम गरिने पनि बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहहरुले जनस्वास्थ्य कार्यक्रम तथा अवस्थाबारे सुचना दिन ढिलाई गर्दा स्वास्थ्य कार्यालयलाई समन्वय गर्न समेत समस्या भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*